दाङमा अज्ञात समुहले लमहीको विभिन्न स्थानमा पार्किङ् गरिराखेका सवारीसाधन ताेडफाेड – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

दाङमा अज्ञात समुहले लमहीको विभिन्न स्थानमा पार्किङ् गरिराखेका सवारीसाधन ताेडफाेड

    मा प्रकाशित

शिवु खनाल
दाङ, २९ जेठ
दाङको लमहीमा आधा दर्जन सवारी साधन माथि तोडफोड भएको छ। गएराती अज्ञात समुहले लमहीको बिभिन्न स्थानमा पार्किङ्ग गरि राखेका ति सवारी साधन माथि इट्टा र ढुंगा प्रहार गरि तोडफोड भएको छ।

लमही स्थित हाम्रो राम्रो डेकोरेसनको रा १ ख १७५९ नम्बरको मिनी ट्रक, दिलिप जीसीको लु १ ख ९१४९ नम्बरको बस, इन्द्रमणी खनालको भे १ च २८१२ नम्बरको बोलेरो जिप माथि अज्ञात समुहले तोडफोड गरि पूर्णरुपमा क्षति पुर्याएको छ भने जैसवाल फलफूल सेन्टरका संचालक सुरेश जैसवालको डिलक्स बसमा तोडफोड गर्दा आंशिक क्षति पुगेको गरेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ।

राति बाह्र देखि एक बजेको बिचमा ति बदमासहरुले तोडफोड गरेछन, हामी कहाँ अबेर गरि बिहान मात्र सुचना आयो, हामी तोडफोडमा संलग्नको खोजीमा जुटी सक्या छौं, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेल भने।

 

घटनास्थलमा पुगेको प्रहरी टोलीले कति स्थानमा रोकेर राखेका गाडीमा तोडफोड भएको छ त्यो बुझेर आउला त्यसपछि प्रहरीले अनुसन्धानको काम अघि बढाउने पौडेलको भनाई छ।

अपराधिक गतिबिधि गरि समाजमा अशान्ति मच्च्याउन खोज्नेलाई कानुनि दायरामा लिएरै छोड्ने प्रहरी निरीक्षक पौडेलले बताए।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्