उपभोक्ता मारमा नपरून् भनेर दैनिक उपभोग्य बस्तुको दररेटमा एकरुपता – Kanika Khabar
Saturday, April 27Nepali News Portal

उपभोक्ता मारमा नपरून् भनेर दैनिक उपभोग्य बस्तुको दररेटमा एकरुपता

    मा प्रकाशित

शिवु खनाल
देउखुरी, ३० जेठ ।
देउखुरी उद्याेग वाणिज्य संघ लमहीले दैनिक उपभोग्य बस्तुको दररेटमा एकरुपता ल्याउने निर्णय गरेको छ । आइतवार बसेको संघको बैठकले यस्तो निर्णय गरेको हो। कोरोना भाइरसका कारण जिल्लामा जारि लकडाउनमा उपभोक्ताहरु मारमा नपरुन भनेर संघले यस्तो निर्णय गरेको संघका अध्यक्ष खगेश्वर खनालले जानकारी दिनुभयाे ।

त्यस्तै संघले असोज मसान्त सम्म व्यवसाय दर्ता गर्दा एक हजार र नविकरण गर्दा ५ सय शुल्क लिने भएको छ । लकडाउनका बेला सबै उद्याेग, कलकारखाना, व्यवसाय ठप्प भएकोले व्यापारीलाई आर्थिक संकट पर्यो, हामीले यो दर्ता र नबिकरणको शुल्कमा केहि छुट गर्यौं भनेपनि केहि सहज होला” उपाध्यक्ष केशबराज पोख्रेलले भन्नुभयाे ।

त्यसैगरी स्थानिय र ब्यापारी लक्षित गरेर एन्टिजेन परिक्षण गर्ने, लमहीमा सवारी साधन तोडफोड गर्ने दुई जना युवालाई चौबिस घण्टा नबित्दै पक्रन सफल भएको भन्दै संघले वडा प्रहरी कार्यालय लमहीलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ । त्यस्तै संघले पत्रकार प्रिया स्मृती गजमेरलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको छ।

त्यस्तै लमही नगरपालिकाले नगरबासीमा महाविपत्ती आई परेको खण्डमा (डुबान, बाढी पहिरो ) मा परेका मानिसलाई तत्काल राहत ब्यवस्थापन गरि दिनका लागि देउखुरी उद्याेग वाणिज्य संघलाई समन्वयकारी भूमिका खेल्ने भएको छ। आइतवार लमही नगरपालिकाको बिपत ब्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्