प्रेस युनियन दाङको आयोजनामा शुभकामना आदानप्रदान – Kanika Khabar
Friday, May 10Nepali News Portal

प्रेस युनियन दाङको आयोजनामा शुभकामना आदानप्रदान

    मा प्रकाशित

घोराही, १५ बैशाख ।

नेपाल प्रेस युनियन दाङले नयाँ बर्ष २०८१ के अवसरमा शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम घोराहीको बाह्रकुने दहमा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रकारिता क्षेत्रमा देखिएका विकृति र विसङ्गतिहरुलाई हटाउँदै स्वच्छ र निष्पक्ष रुपमा कमल चलाउनुपर्नेमा जोड दिएका छन् ।
पछिल्लो समय पत्रकारिताका क्षेत्रमा केही विकृति र विसंगति देखिएको भन्दै सहभागी बक्ताहरुले पत्रकारलाई आचारसंहितको अनिवार्य पालना गरेर पत्रकारिता गर्नुपर्ने बताएका थिए ।

नेपाल प्रेस युनियन दाङ शाखा अध्यक्ष नारायण खड्काको अध्यक्षता तथा नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले आगामी पत्रकार महासंघको निर्वाचनमा सर्वसहमत रुपमा नेतृत्व चयनका लागि पहल गर्नुपर्ने र त्यसको नेतृत्व प्रेस युनियन दाङले गर्नुपर्ने बताएका थिए ।

साथै वक्ताहरुले आसन्न पत्रकार महासंघ दाङको आसन्न निर्वाचनलाई सहमती सहकार्यका साथमा सम्पन्न गर्नेमा पनि जोड दिएका छन् । पत्रकारको छाता संगठन महासंघ दाङलाई सबैको अपनत्व हुनेगरी नयाँ नेतृत्व चयन गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य नारायणी रजौरे, पूर्व केन्द्रीय सदस्य केपी घिमिरे, प्रेस युनियन दाङका पूर्व अध्यक्षहरु सन्तोष सुवेदी,सुशील बस्नेत, सल्लाहकार लीला शाह, बसुन्धरा गौतम, प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जा, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रेस युनियन दाङका उपाध्यक्ष पार्वती बस्नेतको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा सहभागीलाई अर्का अध्यक्ष गोपाल शर्मा भटराईले धन्यावाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव अमरक्षितिज भण्डारीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्