इजरायलमा एक सांसदमा कोरोना पुष्टि – Kanika Khabar
Friday, March 28Nepali News Portal

इजरायलमा एक सांसदमा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका डेस्क
जेठ २३, दाङ ।
इजरायलमा एक जना सांसदमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संसदको कारबाही स्थपित भएको छ । सांसद सामी अबू शहादेहमा कोरोनाको संक्रमण पुष्टि भएको हो । दुईदिन पहिले उनको गाडी चलाउने चालकमा कोरोना पुष्टि भएपछि उनी सेल्फ क्वारेन्टाइनमा थिए ।
चलाकमा कोरोना पुष्टि भएपछि सांसद शहादेशले पनि कोरोना परीक्षण गराउँदा कोरोना पुष्टि भएको हो । टाइम्स अफ इजराइलका अनुसार सांसदले आफ्नो सम्पर्कमा आएका सबैलाई आइसोलसनमा रहन र आफ्नो कोरोना परीक्षण गराउन आग्रह गरेको छ । इजरायलमा पछिल्लो समय विद्यालयदेखि सरकारी कार्यालयसम्म कोरोना भाइरसको संक्रमण फैलिएको छ । हालसम्म इजरायलमा कोरोना भाइरसका कारण १७ हजार चार सयभन्दा बढी संक्रमित भएका छन् भने दुइ सय ९१ जनाको मृत्यु भइसकेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्