आजदेखि विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई सरकारले स्वदेश ल्याउँदै – Kanika Khabar
Friday, April 19Nepali News Portal

आजदेखि विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई सरकारले स्वदेश ल्याउँदै

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २३, काठमाडौँ ।
कोरोना भाइरसको महामारीले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई सरकारले आजदेखि उद्दार सुरू गर्ने भएको छ । दैनिक २९ सय जनालाई उद्धार गर्न सकिने तयारी पूरा भएपछि सरकारले आजदेखि विदेशमा रहेका तर महामारीले अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्न लागेको हो ।
आज सरकारले पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली र युनाइटेड अरब इमिरेट्स युएईबाट २ सय १० जना नेपालीलाई काठमाडौं ल्याउन लागिएको छ । म्यानमारबाट त्यहाँको सैनिक जहाजले नेपालीलाई लिएर आउनेछ भने युएईबाट चाटर्ड जहाजले २ सय १० नेपाली नेपाल ल्याउने छ । आज २ सय ३६ नेपाली स्वदेश फर्कनेछन् ।
उद्दार गरेर ल्याएका नेपालीहरूलाई नेपाली सेनाले तयार पारेको होल्डिङ सेन्टरमा राखिनेछ । त्यहाँ स्वास्थ्य परीक्षण लगायतका काम सकेर संक्रमण नदेखिए उनीहरूलाई सम्बन्धित स्थानीय तहमा पठाइनेछ व्यवस्था रहेको छ । यसअघि नै सरकारले विदेशबाट आएका नेपालीको लागि होल्डिङ सेन्टरको व्यवस्थापन गरिसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्