मेलम्ची पीडितहरु विभिन्न स्थानमा छरिएर बस्दै – Kanika Khabar
Thursday, March 20Nepali News Portal

मेलम्ची पीडितहरु विभिन्न स्थानमा छरिएर बस्दै

    मा प्रकाशित

असार ६, दाङ ।
बाढीका कारण पिडित बनेका मेलम्चीका नागरिक विभिन्न स्थानमा छरिएर रहेका छन् । ग्रामिण तथा विकट कतिपय स्थानमा अझै पनि राहत नपुग्दा सुविधा सम्पन्न र बेसि इलाकामा राहतको ओइरो लागेको छ ।

 

खाद्यान्न भन्दापनि आवश्यकता हेरेर राहत ल्याउनका लागि स्थानिय सरकारले आग्रह गरिरहेका छन् । जोखिममा रहेका घर तथा बस्तिहरुको अस्थाइ रुपमा स्थानन्तरण गर्ने काम लगभग सकिएको छ भने स्थाइ रुपमा पिडितहरुको लागि के गर्ने भन्ने विषयमा स्थानिय सरकार पनि रनभूलमा छन् ।

 

क्षतिको विवरण संकलन र राहत वितरणको कामलाई निरन्तरता दिइरहेको स्थानिय सरकार मैदानमा नै निरन्तर भएपनि स्थानियले भने आलोचना गर्न छाडेका छैनन् । अहिले मेलम्ची देखि हेलम्बुको अवरुद्ध सडक खोल्नका लागि प्रयास भइरहेपनि पानिको बहावले निरन्तर काटिरहने हुनाले समस्या भएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्