कनिका संवाददाता
जेठ २३, चितवन ।
चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको काम पुनःसुचारु भएको छ । कोरोना भाइरसको महामारीका कारण एक महिना स्थगित भएको काम अहिले सामाजिक दूरी कायम राख्दै पुनःसुुरु भएको जनाइएको छ ।
धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको क्रिकेट रंगशाला २ वर्ष भित्र तयार हुने लक्ष्य लिएको थियो । तर, शुरुमै भएको काममा अबरोध र पछि कोरोना जोखिमका कारण लगाइएको लकडाउनका कारण निर्माण समयमा भने पूरा नहुने अवस्था आएको छ । अहिले दैनिक १५–२० जना कामदार रंगशाला निर्माणका लागि खटिएका छन् ।
मा प्रकाशित