कनिका संवाददाता
जेठ २३, काठमाडौँ ।
आजबाट स्थगन गर्ने भनिएको कोरोना विना सरकारसँगको सहमतिपश्चात पुनः सुचारु हुने भएको छ । । जोखिम वहनमा सरकारले समेत सहयोग गर्ने भए पछि विमा समितिले सुचारु गर्न कम्पनीहरुलाई निर्देशन दिएको हो ।
कोरोना संक्रमितहरूको संख्या धेरै बढेपछि शुक्रबारदेखि बिमा कम्पनीहरूले कोरोना विमा पोलिसी बन्द गरेका थिए । दावी भुक्तानीमा सरकारले सपोर्ट गर्ने भएपछि कोरोना विमा पुनः सुचारु गरिएको हो ।कोरोना विमा कार्यक्रम आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा नै समावेश कार्यक्रम हो । बजेटमा समावेश कार्यक्रम नै बन्दै भएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले पनि यसमा चासो दिएका थिए ।
नयाँ योजना भए पनि कोभिड–१९ बिमामा सर्वसाधारणको आकर्षण देखिएको थियो । विमा कम्पनीहरूले कोभिड–१९ को बिमा गर्न सुरु गरेको दुई महिना पनि बित्न नपाउँदै तीन लाखभन्दा बढीले विमा गराइसकेका छन् ।