उच्चस्तरीय समितिको बैठक सकियो, मस्यौदामाथि छलफल जारी – Kanika Khabar
Tuesday, August 18Nepali News Portal

उच्चस्तरीय समितिको बैठक सकियो, मस्यौदामाथि छलफल जारी

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २४, काठमाडौं
पछिल्लो समयमा उद्योगीहरुको व्यवसाय सञ्चालनमा ल्याउने लागातारको दबाव पश्चात कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले उद्योग व्यवसाय सञ्चालन गर्न दिने सम्बन्धमा तयार भएको मस्यौदा माथि छलफल सुरु गरेको छ । शनिबार बसेको समितिको बैठकले आर्थिक क्रियाकलापलाई क्रमश सुचारु गर्ने सम्बन्धमा तयार भएको मस्यौदामाथि छलफल भएको हो ।

आर्थिक क्रियाकलापहरु, बैंकिङ कारोबार, कृषि जन्य उद्योग व्यवसाय, अत्यावस्यक सेवाका क्षेत्रहरु, अस्पताल तथा प्रयोगशाला लागयतका क्षेत्रहरुलाई क्रमश सहजता दिलाउँदै चरणवद्ध रुपमा सञ्चालन गर्न सहजिकरण गर्ने सम्बन्धमा तयार भएको मस्यौदा माथि समितिले छलफल गरेको छ।

यद्यपि समितिले आज उक्त मस्यौदामाथि कुनै निर्णय भने गरेको छैन । फेरी बैठक बसेर निर्णयमा समिति पुग्ने वताइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्