फौजी किराले मकै बाली सखाप पारेपछि स्थानीय चिन्तित – Kanika Khabar
Tuesday, May 21Nepali News Portal

फौजी किराले मकै बाली सखाप पारेपछि स्थानीय चिन्तित

    मा प्रकाशित

जीवन कैला
साउन ११, बाजुरा ।
बाजुराको स्वामी कार्तिक खापर गाउँपालिकाको वडा नं. ४ मा अमेरीकी फौजी किराले मकै वालीमा क्षति पु¥याउन थाले पछि किसान चिन्तीत बनेका छन् । खेतमा हुर्कदै गरेका मकैका बोट फौजीकिराले खान थालेपछि किसन चिन्तामा परेका हुन् ।

 

वर्षेनी अमेरीकन फौजी किराबाट समस्या भोग्दै आईरहेका स्थानीयले समयमा विषादी नपाउदा हैरानि खेप्नु परेको बताएका छन् । केही बर्ष यता फौजी किरालेबाजुरा सहित सुदुरपश्चिमका जिल्लाहरुको मकै बालीमा क्षति पु¥याउन थालेको छ । गत बर्ष पनि फौजि किराले मकैको बोट सखाप पारे पछि उत्पादनमा कमि आएको र यो बर्ष पनि सोहि समस्या दोहोरिन थालेको स्थानीय मैना जोशी बताउनुहुन्छ ।सिचाइँ सुविधा नहुँदा वडा नम्बर ४ वाईमा तिन वर्ष यता मकै खेति हुदै आईरहेकोे छ । यस वर्ष वाईका २ सय स्थानीयले मकै खेति गरेका छन् ।

 

मनसुन चाडै सक्रिय भई लगातार पानी परिरहेकाले मकै बाली राम्रो हुने आशा भए पनि जोगाउन मुस्किल भएको अर्का स्थानीयको भनाइ छ । आकासे पानीको भरमा समयमा सिंचाई हुन नसेके पछि धानको बिकल्पमा मकै खेती रोजेका स्थानीयले मकै पनि फौजी किराबाट जोगाउन सकेका छैनन् । कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिन प्रसाद जोशी अमेरीकन फौजी किराको प्रकोप नियन्तरण गर्न किसानलाई विषाधी उपलब्ध गराइने बताउँनुहुन्छ ।

 

करिव तिन वर्ष देखि देखा पर्न थालेको अमेरीकन फौजी किराले बाजुरामा मात्र वर्षेनि २० प्रतिशत मकै बालीमा क्षति पुर्याउने गरेको छ । जसका कारण लाखौंको नोक्सानी हुन्छ । फौजी किरा नियन्त्रणको लागि भरपर्दो प्रबिधि र पर्याप्त बिषादी नपाएको किसानको गूनासो छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्