विद्युतीय सवारीमा कर बढाए पेट्रोलियम पदार्थको खरिदमा अर्बौं रकम भारततिर जाने : नेता कँडेल (भिडियोसहित) – Kanika Khabar
Thursday, April 18Nepali News Portal

विद्युतीय सवारीमा कर बढाए पेट्रोलियम पदार्थको खरिदमा अर्बौं रकम भारततिर जाने : नेता कँडेल (भिडियोसहित)

    मा प्रकाशित

कनिका संवाददाता

जेठ २५, दाङ ।

प्रमुख प्रतिपक्षी कांग्रेसका नेता देवेन्द्रराज कँडेलले विद्युतीय सवारीमा कर बढाए पेट्रोलियम पदार्थको खरिदमा अर्बौं रकम भारततिर जाने बताएका छन् । अाज प्रतिनिधिसभाका बैठकमा बाेल्दै नेता कँडेल नेकपा सरकारले आफ्नै पार्टीको चुनावी घोषणापत्र विपरीत विद्युतीय सवारीमा कर लगाएको भन्दै आलोचना गरेका हुन् ।

विद्युतीय सवारी साधन खरिदमा सरकारले ११३ प्रतिशत भन्सार वसुल गर्ने नीति सार्वजनिक गरेसँगै सरकारको आलोचना भइरहेको छ । कांग्रेसले संसदमा विशेष समय माग गर्दै सरकारले विद्युतीय सवारीमा कर बढाएर वातावरणीय हिसाबले विनासक र प्रतिगमनकारी निर्णय लिएको बताएको छ । ‘यसरी विद्युतीय सवारीमा कर लगाउँदा ठूलो रकम भारत जाने हुन्छ । भोलि भारतले पेट्रोलियम पदार्थ रोकेमा पनि हामीलाई घाटा हुन्छ,’ उनले भने । सांसद कँडेलले सरकारको नेतृत्वलाई आफ्नो पार्टीको घोषणापत्र र प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्ष पहिले साझा यातायत उद्घाटन गर्ने क्रममा गरेको प्रतिबद्धता स्मरण गराएका थिए ।

नेकपाको घोषणापत्रमा आगामी तीन वर्षमा काठमाडौं उपत्यकामा विद्युतीय सवारी साधन मात्रै संचालन गर्ने लेखिएको छ भने प्रधानमन्त्री ओलीले मुलुकभर सन् २०२० भित्र २० प्रतिशत सवारी साधन विद्युतीय हुने बताएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्