पत्रकार गजमेरको “किन किन तिम्रै यादमा” भिडियो सार्बजनिक – Kanika Khabar
Thursday, May 2Nepali News Portal

पत्रकार गजमेरको “किन किन तिम्रै यादमा” भिडियो सार्बजनिक

    मा प्रकाशित

शिवु खनाल
दाङ, ३० साउन ।
पत्रकार प्रिया स्मृती गजमेरको “किन किन तिम्रै यादमा” बोलको नेपाली आधुनिक गीत सार्बजनिक भएको छ ।

उक्त गीतले प्रेमीको यादमा टोलाई रहेको, यादमा पर्खि रहेको, मायालुको यादमा आँखा भरी पानी पानी भएको,सबैको नजर छलेर माया गर्दा पनि आफ्नो मान्छेलाई पाउन नसकेको पिडादायी भावहरु पोखिएको छ ।

पत्रकार गजमेरले मर्मस्पर्शी शब्द कोरेका छन भने गीतमा गायक गोबिन्द मधुर आचार्यले सुमधुर आवाज भरेका छन । त्यसै गरि गीतमा ज्ञानेन्द्र स्वर्णकारको संगीत रहेको छ भने राप्ती फिल्मस प्रोडक्सन हाउसले छायांकन गरेको छ ।

गीत आज शनिवार पत्रकार गजमेरले आफ्नै अफिसियल युटुब च्यानल सगुन मिडियाबाट सार्बजनिक गरेका छन ।

यस अघि उनले “छिट्को गुन्यो मेरो साइको” बोलको लोक तथा दोहोरी गीतमा शब्द कोरेका छन । उक्त गीतमा गायक यादव योगी र रीता केसीको आवाज रहेको छ ।

पत्रकार प्रिया स्मृती गजमेर दाङ्गको तुल्सिपुरबाट प्रकाशित तुलसीपत्र राष्ट्रिय दैनिक, तुल्सिपुर अनलाइनमा आवद्ध रहेर पत्रकारिता गरिरहेका छन । त्यस्तै उनी दाङ समाचार डट कमका प्रकाशक तथा संचालक पनि हुन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्