पर्यटकीय क्षेत्रमा अगाडि बढ्दै दाङको देउखुरी : पर्यटकलाई लक्षित गरी वन्यजन्तु अवलोकनका लागि मचान निर्माण – Kanika Khabar
Saturday, April 20Nepali News Portal

पर्यटकीय क्षेत्रमा अगाडि बढ्दै दाङको देउखुरी : पर्यटकलाई लक्षित गरी वन्यजन्तु अवलोकनका लागि मचान निर्माण

    मा प्रकाशित

शिवु खनाल
दाङ, ४ भदौ ।
दाङ डिभिजन वन कार्यालय देउखुरी लमहीले वन्यजन्तु बासस्थान रहेको क्षेत्र लगायत अन्य बन्यजन्तु अवलोकनका लागि मचान निर्माण गरिएको छ । वन कार्यालय लमहीले पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन र जंगलमा बसेर वन्यजन्तु हेर्न रुचाउने पर्यटकलाई लक्षित गरि डिभिजन वन कार्यालय देउखुरी लमहीको ४ लाख ४५ हजार बजेटमा देउखुरी क्षेत्रको सामुदायिक वनमा पहिलो पटक मचान निर्माण गरिएको सहायक वन अधिकृत रामगोपाल चौधरीले बताउनुयो । डिभिजन वन कार्यालय देउखुरी लमहीले जवार देखिन थालेपछि अवलोकन गर्नको लागी लमहीको पारीजात सामुदायिक वन क्षेत्रमा २४ फिट अग्लो उचाइमा एकतले माचन निर्माण गरेको हो भने एक किलोमिटर पैदल बाटो समेत बनाइएको छ । मचान निर्माण गरिएको क्षेत्र मुख्यगरी बदेल, चित्तल, राते, हुडार, वासस्थान क्षेत्र हुन् । उक्त क्षेत्रमा पोखरी भएको हुनाले दुर्लभ वन्यजन्तुलाई पनि सजिलै देख्न सकिने छ ।

No description available.

मचानबाट जंगली जनावर मृग, बँदेल, भालु, हुडार लगायत वन्यजन्तु र विभिन्न चराचुरुङगी अवलोकन गर्न सकिन्छ । उक्त मचानमा ७ देखि ८ जना पर्यटक वस्न मिल्ने छ । यता अजम्मरी सामुदायिक वनका अध्यक्ष पवन रिजालले पर्यटकहरु जनावरहरु अवलोकन गर्न पाएर सुखी अनुभूति गर्ने र पछिल्लो समय डिभिजन वन कार्यालय देउखुरी लमहीले निर्माण गरेको देउखुरी क्षेत्रका विभिन्न पर्यटकिय क्षेत्रहरुमा आन्तरिक तथा बाहर्य पर्यटकहरु बढ्दै गएको विश्वास व्यक्त गर्नुभयो । उहाँले वन कार्यालय देउखुरी लमहीको यो पर्यटक भित्रायउने प्रयास अहिलेसम्मकै उतकृष्ट रहेको भन्दै खुसि व्यक्त गनृुभयो । वन्यजन्तु अवलोकनका लागि पर्यटकीय गतिविधि सुरु भइसकेको डिभिजन वन कार्यालय देउखरी लमहीका प्रमुख बेसिन्द्रराज सुबेदीले बताउनुभयो ।

उचित स्रोतसाधनको अभाव र वन्यजन्तु अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटको खासै रोजाइको क्षेत्र बन्न नसकेका त्यस्ता मुख्य पर्यटकीय खोजेर पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न तर्फ वन कार्यालय केन्द्रीत भएको प्रमुख सुबेदीले बताउनुभयो ।

‘दुर्लभ वन्यजन्तु हेर्न चाहने पर्यटकका लागि यो नजिकको गन्तव्य हो । लमही नगरपालिका वडा नम्बर ५ निवासी शेरसिङ् खड्काले भन्नुभयो,—। ‘लमही बसपार्कबाट उत्रिसकेपछि राजमार्ग हुँदै आधा घन्टामै पुग्न सकिने र वन्यजन्तु अवलोकन गर्न सकिने भएकाले पर्यटकका लागि धेरै सहज छ । बाँके र बर्दिया राष्ट्रि निकुञ्ज जस्तै पर्यटकिय क्षेत्रमा देउखुरी धेरै अगाडि बढिसकेको छ । वन्यजन्तु अवलोकनका लागि डिभिजन वन कार्यालय देउखुरी लमहीले बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसंग सटेका विभिन्न सामुदायिक वनजंगल लगायत स्थानमा घाँसेमैदान तथा मचान निर्माणको कार्यक्रमलार्य अगाडि सारेको छ । पर्यटकलाई लक्षित गरेर लमहीमा सुविधायुक्त होटल र वनघुस्री क्षेत्रमा थारु संस्कृतिमा आधारित होमस्टे सञ्चालनमा आइसकेका छन् । वर्तमान अवस्थामा वन पैदावार ९ढुङ्गा, गिट्टी, बालुवा० को बढ्दो माग र क्रसर उद्योगको विस्तारले गर्दा वनको जैविक विविधता संरक्षणमा समस्या सिर्जना भएको वन प्रेमीहरु बताउनुहुन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्