मा प्रकाशित
आईसीसी क्रिकेट विश्व कप लिग २ अन्तर्गत ओमानमा हुन लागेको त्रिदेशीय शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपालीको टोली घोषणा गरेको छ । ज्ञानेन्द्र मल्लको नेतृत्वमा उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित १७ सदस्यीय टोलीमा कुशल भुर्तेल, आसिफ शेख, गुलशनझा, आरिफ शेख, कुशलमल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने लगायत रहेका छन् । नेपाली टोली ८ भदौमा ओमान प्रस्थान गर्ने भएको छ ।