नेपालमा पछिल्लो २४ घण्टामा १९२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, २२४८ जना कोरोना संक्रमणमुक्त र थप २४ जनाको मृत्यु – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

नेपालमा पछिल्लो २४ घण्टामा १९२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, २२४८ जना कोरोना संक्रमणमुक्त र थप २४ जनाको मृत्यु

    मा प्रकाशित

भदौ ६ , दाङ ,
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ४४३ जनाको पीसीआर परीक्षणमा १ हजार ७०२ र ३ हजार ७३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २१८ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार २४८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्