अफगानिस्तानका महिला खेलाडीलाई उद्दारका लागि फिफाले थाल्यो पहल – Kanika Khabar
Thursday, March 28Nepali News Portal

अफगानिस्तानका महिला खेलाडीलाई उद्दारका लागि फिफाले थाल्यो पहल

    मा प्रकाशित

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अफगानिस्तानको महिला खेलाडीको आपतकालीन उद्दारको लागि पहलसुरु गरेको छ ।
फिफाले अफगानिस्तानका महिला फुटबलरलाई उद्दार गर्न विभिन्न राष्ट्रलाई पत्र लेख्दै पहल सुरु गरेको हो ।

 

विद्रोही समूह तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानका महिला खेलाडीहरुको ज्यान जोखिममा रहेको भन्दै फिफाले उनीहरुले महिलालाई हेर्ने दृष्टिकोण फरक हुँदा सक्दो छिटो उद्दारका लागि पहल गर्न भनेको छ ।

महिलाले शरीर ढाक्ने बुर्खा लगाउनु पर्ने तथा १० वर्ष माथिका छात्राहरु विद्यालय जान नपाउने नियम रहेको छ । खेलाडीको संगठन फिप्रोले सहयोगको लागि आग्रह गरिसकेको छ । यस्तै खेलाडीहरुले समेत सहयोगको लागि आग्रह गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्