नेपालमा पछिल्लो २४ घण्टामा १ ८०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि – Kanika Khabar
Sunday, May 31Nepali News Portal

नेपालमा पछिल्लो २४ घण्टामा १ ८०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    मा प्रकाशित

भदौ ७, दाङ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ७०४ जनाको पीसीआर परीक्षणमा १ हजार ५४८ र २ हजार ६२२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २५३ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ९२४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९३.५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्