मौसम अपडेट : देशका केही स्थानमा वर्षाको सम्भावना – Kanika Khabar
Monday, May 11Nepali News Portal

मौसम अपडेट : देशका केही स्थानमा वर्षाको सम्भावना

    मा प्रकाशित

भदौ ८, दाङ ।
आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । अहिले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । अन्य प्रदेशका पनि एकाध ठाउँमा हल्का वर्षा भएको महाशाखाले जनाएको छ ।

आज दिउँसो र राति देशभरका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्