पछिल्लो २४ घण्टामा अमेरिकामा कोरोना संक्रमित थप १ हजार १३० जनाको मृत्यु – Kanika Khabar
Monday, May 11Nepali News Portal

पछिल्लो २४ घण्टामा अमेरिकामा कोरोना संक्रमित थप १ हजार १३० जनाको मृत्यु

    मा प्रकाशित

अमेरिकामा कोरोना संक्रमित थप १ हजार १३० जनाको मृत्यु भएको छ । बितेको २४ घण्टाको अवधिमा १ लाख ४४ हजार ६८७ संक्रमित थपिएका छन् ।

योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ८९ लाख ६५ हजार ९९३ पुगेको छ । यो समाचार तयार पार्दासम्म ६ लाख ४८ हजार १२६ले ज्यान गुमाएका छन् ।

कोरोना संक्रमित मूलुकको सूचीमा अमेरिका पहिलो स्थानमा छ । दोस्रो स्थानमा भारत छ । भारतमा थप ५१ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २५ लाख ११ हजार ३७० पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्