ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा १४ जना सांसदले गरे सनाखत – Kanika Khabar
Saturday, April 27Nepali News Portal

ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा १४ जना सांसदले गरे सनाखत

    मा प्रकाशित

भदौ ९, दाङ ।
महन्थ ठाकुरको अगुवाइमा बनेको नयाँ दल लोकतान्त्रिक समाजवादी पार्टीको वैधताका लागि १४ जना सांसदले सनाखत गरेको छन् । प्रस्तावित दलको पक्षमा रहेका सांसद तथा केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुले बुधबार निर्वाचन आयोग पुगेर सनाखत गरेका हुन् ।

सनाखतपछि प्रतिक्रिया दिँदै वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो दलले वैधता पाएको जानकारी दिए । उनले आफ्नो पार्टीमा १४ जना सांसदहरुले सनाखत गरेको जानकारी दिए । उनले जेलमा रहेका कारण रेशम चौधरीले सनाखत गर्न नपाएकोसमेत बताए ।

उनले अध्यादेश ल्याएर सरकारले आफूहरुलाई सहज पारिदिएकोसमेत बताए । उनले विचार नमिलेपछि दल विभाजन हुनु स्वभाविक रहेकोसमेत बताए ।

सोही क्रममा लोसपाका १४ सांसद र १७ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन् । योसँगै ठाकुर नेतृत्वको पाटीले दल दर्ताको प्रमाणपत्र पाउने भएको छ । यसअघि जसपामा ३४ सांसद थिए । जसमध्ये ठाकुरको पक्षमा १४ सांसद पुगेपछि उनको पार्टीले वैधानिकता पाउने निश्चित भएको हो । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश खुकुलो पार्दै सांसद वा केन्द्रीय सदस्यमध्ये २० प्रतिशत पुर्याएपछि नयाँ दल दर्ता गर्न सहज बनाएको थियो ।

यी हुन् लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि सनाखत गर्ने १४ सांसद

महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत, विमलप्रसाद श्रीवास्तव, उमाशंकर, एकवाल मियाँ, चन्द्रकान्त चौधरी, दुलारीदेवी खँग खत्वे, कल्लुदेवी विश्वकर्मा, शेखरकुमार सिंह

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्