अबको ४ महिनापछि माओवादीसँग एकता गरेर लोकतान्त्रिक समाजवादीलाई देशकै ठूलो पार्टी बनाउँछौं : मेटमणि चौधरी – Kanika Khabar
Sunday, September 20Nepali News Portal

अबको ४ महिनापछि माओवादीसँग एकता गरेर लोकतान्त्रिक समाजवादीलाई देशकै ठूलो पार्टी बनाउँछौं : मेटमणि चौधरी

    मा प्रकाशित

भदौ ९, दाङ ।
प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीले माधव नेपाल नेतृत्वको पार्टी चारमहिनापछि मुलुककै सबैभन्दा ठूलो पार्टी हुने बताएका छन् । उनले थपे, ‘यही पार्टीको वरिपरि नै राजनीति घुम्नेछ’ उनले भने ‘माओवादी केन्द्र अनि बैद्यजीहरूसँग पनि कुराकानी भइरहेको छ। त्यसबारे कुराकानी भइरहेको छ।’

नेपालको लोकतान्त्रिक समाजवादी पार्टीको सनाखत लगभग सकिएको छ। पार्टीका नेता मेटमणि चौधरीका अनुसार ५५ जना केन्द्रीय सदस्य र ३० जना सांसदहरूको सनाखत भइसकेको छ। उनले झलनाथ खनालको पनि खनाखत भइसकेको छ।

‘अब माया ज्ञवाली, सोम पाण्डे, शारदादेवी भट्ट र तुलसा थापाजीहरूको बारेमा छलफल भइरहेको छ’ उनले भने ‘उहाँहरू सबैको सनाखत भयो भने ३४ जना सांसद पुग्नुहुन्छ।’

चौधरीले निर्वाचन आयोगले पार्टीको प्रमाणपत्र दिएपछि अबको दुई दिनभित्र सरकारमा जाने उनले जानकारी दिए।

त्यस्तै उनले चाँडै नै सबै कम्युनिष्ट पार्टीहरूको एकतापछि यही पार्टी (लोकतान्त्रिक समाजवादी पार्टी) नै देशको सबैभन्दा ठूलो पार्टी हुने पनि बताए।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्