यस पललाई कसरी वास्तविक परिवर्तनको लागि मोड बनाउने – Kanika Khabar
Thursday, April 18Nepali News Portal

यस पललाई कसरी वास्तविक परिवर्तनको लागि मोड बनाउने

    मा प्रकाशित

[यतिबेला अमेरिकामा वर्णको मुद्दा लिएर ठुलै आन्दोलन भइरहको छ । अमेरिकी प्रहरीद्वारा एक काला जातिको मानिसको हत्या गरेपछि उठको आन्दोलनको भेल दिनानुदिन डर लागदो बन्दै गएको छ । यसै सन्दर्भमा आधारित रहेर अमरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको मिडियम डट कममा एउटा आलेख प्रकाशित भएको छ । कनिकाकर्मी खगेश्वर पौडेलले भावानुवाद गरेको त्यही आलेख प्रस्तुत गरेका छौँ । (कनिका टिम) ]

बाराक ओवामा (भावानुवाद खगेश्वर पाैडेल)
जर्ज फ्लोडको हत्या पश्चात देशभरिका लाखौँ मानिसहरु सडकमा उत्रिएर हत्याको विरेधसँगै असमान न्यायको विरुद्धमा आवाज उठेसँगै धेरै मानिसहरु अब यस मोमेन्टमलाई कसरी दिगो र वास्तविक परिवर्तनको लागि प्रयोग गर्ने भन्ने बारेमा सोच्न थालेका छन् । समय सुहाउँदो रणनीतिहरु तयार पार्नका लागि अन्ततः नयाँ पुस्ताका अभियन्ताहरु तयार हुँदैछन् । तर मलाई लाग्छ कि हामीले विगतका प्रयत्नहरुवाट सिक्नुपर्ने केही पाठहरु छन् ।

पहिलो, देशभरि उत्पन्न प्रदर्शनको छालले देशको दशकौ लामो पुलिस अभ्यास र बृहत्तर फौजदारी न्याय प्रणालीमा सुधार गर्न संयुक्त अधिराज्य असफल भएको वास्तविक र वैध निराशालाई प्रतिनिधित्व गर्दछ । प्रदर्शनमा सहभागी धेरै जसो सहभागीहरु शान्तिमय, साहस, जिम्मेवार र प्रेरणादायी भएका छन् । तिनीहरु निन्दाको भन्दा हाम्रो समर्थन र सम्मान पाउन योग्य छन् । ( केमडेन र फ्लिन्ट जस्ता सहरहरूमा प्रहरीहरूले सराहनीय रूपमा बुझेका छन्।)

अर्कोतर्फ हिंसाको साहारा लिएका केही व्यक्तिहरु, जसको क्रोध जायज वा अवसरवाद हुन सक्छ, ले पहिलेदेखि नै लगानी र सेवा क्षेत्रमा कमजोर पहुँच भएका निर्दोष मानिसहरुलाई छिमेकीसँगको सम्बन्धलाई विनाश गरेर समस्यामा पारिरहेकाछन् । मैले आज एउटी काली बुढी आईमाइलाई आँखामा आँसुसहित कुराकानी गरेको देखे किनकि उनको छिमेकमा भएको एउटा किराना पसलाई नस्ट गरिएको थयो । त्यसैले हामीले हिंसालाई प्रोत्साहन गर्ने, तर्कसंगत बनाउने वा भाग लिने कार्य गर्न हुँदैन् । यदि हामी बृहत्तर रुपमा हाम्रो फौजदारी न्याय प्रणाली, र अमेरिकी समाज उच्त नैतिक मान्यतामा सञ्चालन होस् भन्ने चाहन्छौं भने हामी आफैले त्यस किसिमको मोडेलको विकास गर्नुपर्छ ।

दोस्रो, मैले सुनेको छु कि, फौजदारी न्यायिक प्रणालीमा बारम्बार दोहोरिने जातीय पूर्वाग्रह समस्यालाई परिवर्तन गर्नका लागि प्रत्यक्ष प्रतिक्रिया र विरोधले मात्र सम्भव छ चुनावी राजनीतिमा भाग लिनु र मतदान गर्न समयको बर्वादी हो । म यसमा धेरै असहमत हुन सक्दिनँ । विरोधको उद्देश्य जनचेतना जगाउनु, अन्यायलाई उजागर गर्नु र शक्तिमा रहेकालाई असहज बनाउनु हो । वास्तवमा अमेरिकी इतिहासमा, नागरिकको विरोध र अनाज्ञाकारिताको प्रतिक्रिया स्वरुप राजनीतिक प्रणालीले सीमान्तकृत समुदायलाई ध्यान दिएको छ । तर अन्ततः, आकांक्षालाई विशिष्ट कानून र संस्थागत अभ्यासमा रुपान्तरण गरिनु पर्दछ र लोकतन्त्रमा यो त्यतीवेला हुन्छ जब हामी हाम्रो मागप्रति उत्तरदायी सरकारी अधिकारीहरु छनौट गर्दछौँ ।
यसका साथै हाम्रो लागि यो बुझ्न महत्वपूर्ण छ कि कुन तहको सरकारले हाम्रो फौजदारी न्याय प्रणाली र प्रहरी अभ्यासमा सबैभन्दा बढी प्रभाव पार्न सक्छ । हामीले राजीनीतिको बारेमा सोंच्दा केवल राप्ट्रपति पद र संघीय सरकारको बारेमा मात्र ध्यान दिन्छौँ । हामीले हाम्रो समाजमा जातिवादले खेल्दै आएको नकारात्मक भूमिकालाई पहिचान गर्नसक्ने र त्यसविरद्ध केही गर्न चाहने हाम्रो राष्ट्रपति, काङ्ग्रेस, संयुक्त अधिराज्यको न्याय विभाग र संघीय न्यायपालिका हुनु पर्छ भन्ने कुराको सुनिश्चित गर्न संघर्ष गरिरहनुपर्दछ तर पुलिस विभाग र फौजदारी न्याय प्रणालीको सुधार गर्ने कुरामा राज्य र स्थानीय तहमा निर्वाचित अधिकारहरुको प्रमुख भूमिका रहन्छ ।

अधिकांश पुलिस प्रमुखहरु नियुक्त गर्ने र पुलिस यूनियनहरुसँग सामुहिक सौदावाजी सम्झौताहरु गर्ने कार्य मेयर र काउन्टी अधिकारीहरुले गर्ने गर्दछन् । पुलिस दुर्व्यवहारमा अनुसन्धान गर्ने या नगर्ने र दुर्व्यवहारमा संलग्न व्यक्तिलाई आर्थिक जरिवाना गर्ने भन्ने निर्णय जिल्ला न्यायाधिवक्ता र राज्यका न्यायाधिवक्तले गर्ने गर्दछन् । ती सबै निर्वाचित पदहरु हुन् । दुर्भाग्यवश, यी स्थानीय स्पर्धामा मतदाताहरुको संख्या दयनीय रुपमा कम छ, विशेष गरी युवाहरु, जसलाई यी कार्यालयहरूले सामाजिक न्यायका मुद्दामा गरेको प्रत्यक्ष प्रभावको बारेमा कुनै अर्थ राख्दैन, कसले जित्यो र कसले हार्यो भन्ने तथ्यलाई उल्लेख नगरी प्रायः केही हजार, वा केही सय, भोटहरूद्वारा हार जीत निर्धारण हुन्छ ।

त्यसकारण यदि हामीले वास्तविक परिवर्तन ल्यायन चाहन्छौँ भने विरोध पर्दशर्न वा राजनीतिको विचमा छनौँट हुनुहुँदैन् । हामीले दुबै गर्नुपर्छ । जनचेतना वृद्धि गर्न हामी परिचालित हुनुपर्छ भने जितपछि सुधारका कायहरु गर्ने उम्मेदवारलाई जिताउनका लागि संगठित भएर मतदान गर्नुपर्दछ ।

अन्त्यमा, हामीले फौजदारी न्याय र प्रहरी सुधारको मागलाई जाति वढी बस्तुगत बनाउन सक्छौं, प्रदर्शनी सकिएपछि, निर्वाचित अधिकारीहरुलाई मौखित आश्वासन दिएर सामान्य अवस्थामा फर्कन त्यति नै गाह्रो हुनेछ । सुधार एजेन्डाको विषय विभिन्न समुदायहरूको लागि फरक हुन सक्नेछ । ठूलो सहरमा एकप्रकारको सुधारहरूकोआवश्यक पर्दछ भने ग्रामीण समुदायलाई अर्को चाहिन सक्छ। केही एजेन्सीहरूमा पुरै परिवर्तन गर्नुपर्न हुनसक्छ भने केहीमा सानो सुधार पनि पर्याप्त हुन सक्छ । कथित दुराचारको छानबिन गर्ने एक स्वतन्त्र निकायसहित, कानून प्रवर्तन गर्ने हरेक एजेन्सीसँग स्पष्ट नीतिहरू हुनुपर्दछ । समुदायको सुधारका लागि स्थानीय अभियान्ताहरु र संगठनहरूले अनुसन्धान गर्नुपर्दछ र नागरिकहरूलाई उनीहरूको समुदायमा कुन रणनीतिले उत्तम काम गर्दछन् भनेर शिक्षा दिन आवश्यक हुन्छ।

एक सुरुवात विन्दुको रुपमा म ह्वाइट हाउसमा हुँदा, नागरिक र मानव अधिकार सम्बन्धी नेतृत्व सम्मेलन र २१अ‍ैं शताब्दीको पुलिस टास्क फोर्सको कार्यको आधारमा, विकसित गरिएको एक रिपोर्ट र टूलकिटलाई लिन सकिन्छ । यदि तपाई ठोस कार्य गर्न चाहनुहुन्छ भने हामीले ओबामा फाउण्डेशनमा एक साइट सिर्जना गरेका छौँ जसले तपाईलाई वर्षैदेखि स्थानीय र राष्ट्रिय स्तरमा राम्रो लडाइँ संघर्ष गरिरहेका श्रोत र संगठनहरु संग जोडिन सहयोग गर्नेछ ।

मलाई थाहा विगत केही महिना गाह्रो र निराशाजनक भएका छन् । महामारीको डर, दुःख, अनिश्चितता र कठिनाईसँगै भएको दुखद घटनाले अझै पनि पूर्वाग्रह र असमानताले अमेरिकी जीवनलाई निर्देशित गर्दछ भन्ने संकेत गरेको छ। तर विगत हप्ताहरूमा युवाहरूको सक्रिय गतिविधिले मलाई आशावादी बनाएको छ । यदि अगाडि बढ्ने हो भने हामी हाम्रो न्यायोचि क्रोधलाई शान्तिमय, दिगो र प्रभावकारी कार्यमा परिवर्तन गर्न सक्दछौं, अनि यो हाम्रो देशको उच्चतम आदर्शहरु सहित जीवनको लामो यात्रामा वास्तविक मोड हुन सक्छ । आउनुस्, कामको थालनी गरौं।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्