कनिका संवाददाता
जेठ २६, काठमाडौं ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद देवेन्द्र पौडेलको नेतृत्वमा रूकुम पश्चिमको चौरजहारी घटनाबारे अध्ययन गर्न संसदीय अध्ययन समिति गठन गरिएको छ।
सोमबार सांसद पौडेलको नेतृत्वमा सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय अध्ययन विशेष समिति गठन गरेका हुन्। समितिको सदस्यमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी बिशुंखे, प्रकाश रसाइली, विमला विक, महेश्वरजंग गहतराज, मीनबहादुर विश्वकर्मा, रामसहायप्रसाद यादव छन्।
एक महिनाको समय सिमा प्रदानगरी समितिलाई घटना अध्ययन गर्न दिइएको सभामुख सापकोटाले सदनलाई जानकारी गराएका छन्।
गत जेठ १० गते आफ्नी प्रेमीकाको घर गएका नवराज विक र उनका पाँच जना साथीको गाउँलेहरूको आक्रमणबाट मृत्यु भएको आरोप छ।
घटनाबारे गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति पनि गठन गरेको छ।