काङ्ग्रेसले महाधिवेशन सम्बन्धी निर्वाचन निर्देशिकालाई थप समावेशी बनायो – Kanika Khabar
Saturday, May 4Nepali News Portal

काङ्ग्रेसले महाधिवेशन सम्बन्धी निर्वाचन निर्देशिकालाई थप समावेशी बनायो

    मा प्रकाशित

भदौ १७, दाङ ।
नेपाली काँग्रेसमा १४ औं महाधिवेशनको सरगर्मी छढेको छ । यतिवेला काङ्ग्रेसको सम्पूण ध्यान महाधिवेशनले तानेको छ । केही असहमति तथा असमझदारीलाई सच्चाउँदै काङग्रेस महाधिवेशनमा लागेको छ । यसैबिच काङ्ग्रैसले महाधिवेशन सम्बन्धी निर्वाचन निर्देशिकालाई थप समावेशी बनाइएको छ । नेता मीन बहादुर विश्वकर्माले निर्वाचन निर्देशिका असमावेशी भएको भन्दै केन्द्रीय सदस्य र दलित संंघको अध्यक्षबाट राजीनामा दिएपछि काङ्ग्रेसको निर्देशिका सच्चिएको छ ।

आज बिहीबार साँझ वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र, मीनबहादुर विश्वकर्मा र जीवन परिवारले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँगको परामर्शपछि निर्देशिका सच्याएका हुन् ।

अब महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, मुस्लिम, थारु, अल्पसंख्यक वा अपाङ्गता प्रतिनिधित्व थप सुनिश्चित गरिएको छ । अब कुनै पनि वडामा एक जना मात्र क्रियाशील सदस्य भएको अवस्थामा पनि कार्यसमिति सदस्य र क्षेत्रीय प्रतिनिधिमा हुने व्यवस्था गरिएको छ । यसअघि जनसंख्याका आधारमा प्रतिनिधित्व हुने व्यवस्था गरिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्