कारवाही गरेका संसद उपस्थित भए संसद चल्न दिदैनौँ : ओली – Kanika Khabar
Saturday, May 18Nepali News Portal

कारवाही गरेका संसद उपस्थित भए संसद चल्न दिदैनौँ : ओली

    मा प्रकाशित

भदौ २३, दाङ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कारवाही गरेका १४ जना सांसद संसदमा उपस्थित भए संसद चल्न नदिनेसमेत बताएका छन् । नेकपा एसका अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपालसहित १४ जनालाई एमालेले कारबाही गरेको थियो ।

उनले आफूहरुले निष्कासन गरेका व्यक्तिलाई समावेश गरेर एमाले विभाजन गरिएको आरोप लगाए । उनले भने, ‘हामीले साउन २५ गते कारबाही गरेका लामो, समयदेखि गुटबन्दी गरेका, पार्टी फुटाउने प्रयास गरेका, जिल्लामा समानान्तर गतिविधि गर्ने व्यक्तिहरुले अहिले पार्टी विभाजन गरे । चैतमै पार्टी फुटाउने तयारी थियो, तर केहीले मानेनन् ।’

अध्यक्ष ओलीले राजनीति दल सम्बन्धी अध्यादेश जारी गरिएको विषयमा पनि आक्रोश पोखे । उनले भने,‘‘गुरिल्ला पारामा अन्तिममा सबैलाई सिध्याएर अचानक आज संसद अधिवेशन स्वतः अन्त्य गरिने छ भन्ने भयो, छापामार शैलीमा । भोलिपल्ट बिहान अध्यादेश ल्याउने ।’

उनले संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको आरोप लगाए । उनले भने, ‘अध्यादेशबाट आउने भनेको एक कानुन आउने हो । संसद चलेको छैन भने त्यस्तो बेलामा, छिटै अधिवेशन बोलाइने छ भने अध्यादेश कहिल्यै पनि आउँदै । तर बैठक चलिरहेकै छ । संसद चलिरहेको छ । त्यस्तो अवस्थामा बैठक चलिरहेको अवस्थामा, कानुन बनाउन अध्यादेश ल्याइयो । मध्यरातमा अधिवेशन अन्त्य भयो, भोलिपल्ट बिहानै अध्यादेश आयो ।’

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्