शैक्षिक क्षेत्रमा कुनै क्षति हुँदैन, परीक्षाको अन्योलता चाँडै हट्छ : मन्त्री पोखरेल – Kanika Khabar
Thursday, June 11Nepali News Portal

शैक्षिक क्षेत्रमा कुनै क्षति हुँदैन, परीक्षाको अन्योलता चाँडै हट्छ : मन्त्री पोखरेल

    मा प्रकाशित

कनिका डेस्क
जेठ २७, दाङ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा कुनै क्षति हुन नदिने बताएका छन् । मन्त्रालयगत बजेट छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘परीक्षाको अन्योलता अब धेरै दिन रहँदैन ।’ उनले थपे, ‘परीक्षा सन्दर्भमा विद्यार्थी तथा अविभावकमा रहेको अन्योलतालाई अब धेरै दिन रहने छैन भन्ने विश्वास दिलाउन चाहन्छु ।’
शैक्षिक क्षेत्रलाई अब कसरी अगाडि लैजाने भन्ने गृहकार्य भइरहेको पनि उनले बताए । कोभिड– १९ का कारण कक्षा १० ११ र १२ तथा उच्च शिक्षाका विभिन्न तहको परीक्षा हुन नसकेको बताउँदै मन्त्री पाखरेलले भने, ‘पहिलो समेष्टर सकेकालाई परीक्षा नलिएर पनि अर्को सेमेष्टर पढ्न दिने लगायतका तयारी भएको र शैक्षिक क्षेत्र क्षति हुन नदिन अन्तिम गृहकार्य छ ।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्