अध्यादेश फिर्ता लिन प्रधानमन्त्री तयार – Kanika Khabar
Friday, April 19Nepali News Portal

अध्यादेश फिर्ता लिन प्रधानमन्त्री तयार

    मा प्रकाशित

कनिका डेस्क
वैशाख ११, दाङ ।
पार्टीभित्र तथा पार्टी बाहिरबाट चर्को विवाद चलेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने भएका छन् । चारैतिरबाट चर्को विरोध आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः विवादास्पद अध्यादेश फिर्ता लिन तयार भएका हुन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा विहीबार कार्यबाहक अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच अध्यादेशबारे छलफल भएको थियो ।

अध्यक्ष प्रचण्डले नेताहरुको मागवमोजिम तत्काल स्थायी कमिटीको बैठक राख्न र विवादास्पद अध्यादेश फिर्ता लिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पनि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीले सुझाएका थिए ।

स्थायी कमिटीका २० जना सदस्यले पछिल्लो राजनीतिक घटनाक्रमको छलफल गर्न स्थायी कमिटी बैठक माग गरेलगत्तै नेकपा अध्यक्ष ओली र प्रचण्डबीच बिहीबार छलफल भएको हो । बैठक माग गर्ने स्थायी कमिटी सदस्यहरु प्रचण्ड र माधव नेपाल निकट छन् । प्रधानमन्त्री ओलीनिकट स्थायी कमिटी सदस्य र मन्त्री रहेका सदस्यहरुले बैठक मागको पत्रमा हस्ताक्षर गरेका छैनन् ।

संविधानको धारा ११४ (२) ख मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जुनसुकै बेलामा फिर्ता लिन सक्ने प्रावधान छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्