गण्डकी प्रदेशमा थप एकजनामा कोरोना, सङ्क्रमितको सङ्ख्या १४५ – Kanika Khabar
Tuesday, June 9Nepali News Portal

गण्डकी प्रदेशमा थप एकजनामा कोरोना, सङ्क्रमितको सङ्ख्या १४५

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २८, नवलपरासी ।
गण्डकी प्रदेश नवलपरासीमा थप एक जनामा कोरोना पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ४५ पुगेको छ । गण्डकी प्रदेशको नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), देबचुली नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष ४० का १ जना पुरुषमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।
पोखराबाट काठमाडौँमा थप उपचारका लागि प्रेषण गरिएका व्यक्तिको सम्पर्कमा आएका ३९ जनाको नमूना परीक्षणको रिपोर्टमा उनीहरूमा कोरोना नभएको पाइएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्