यसरी गरौं खुकुलो लकडाउनमा होटेल तथा रेष्टुरेन्टहरुहरुको व्यवस्थापन – Kanika Khabar
Thursday, April 18Nepali News Portal

यसरी गरौं खुकुलो लकडाउनमा होटेल तथा रेष्टुरेन्टहरुहरुको व्यवस्थापन

    मा प्रकाशित

खगेश्वर पौडेल

जेठ २८, दाङ

नोबेल कोरोना भाइरसको महामरीको कारणले हालको अवस्थामा देशका सबै क्षेत्रहरु लकडाउनमा छन् । लकडाउन भएको पनि आज ७९औँ दिन पुरा भएको छ । एकातर्फ दिनप्रतिदिन संक्रमित हुनेहरुको संख्यामा बृद्धि हुँदै गएको छ भने अर्कातर्फ लम्बिदो लकडउनले मानिसहरुको मनोसामाजिक तथा आर्थिक पक्षमा पारेको नकारात्मक प्रभाव पनि बढ्दै गइरहेको छ । यसले गर्दा सरकारलाई लकडाउनलाई क्रमिक रुपमा खुकुलो पार्दै लग्नुपर्छ भन्ने दवाव बढ्दै गएपछि सरकारले त्यस तर्फ गृहकार्य गर्नलागेको छ । यसै सम्दर्भमा अवका दिनहरुमा हामीले वाहीरको खाना वा नास्ता खाँदा कोरोना भाइरसको जोखिम कम गर्न केहि विकल्पहरुका वारेमा यहाँ उठाउन खोजेका छौं। रेस्टुरेन्ट तथा बारहरु सार्वजनिक रुपमा खुले भने हामीले त्यहाँ गएर खाँदा पक्कै पनि कोरोनाभाइरसको जोखिममा बृद्धिहुन्छ । कोरोना भाइरसको जोखिम कम गर्नका लागि हामीले अहिले अपनाइएका दुईवटा आधारभूत क्रियाहरु–

पहिलो मास्कको प्रयोग (मास्क लगाइरहेको अवस्थामा खान वा पिउन सम्भवहुँदैन) र दोश्रोः सामाजिक दुरी कायम । त्यसैले, तपाई र रेस्टुरेन्टले जोखिम कम गर्नप्रायजसो उठने सवालहरुलाई समवोधन गर्न आवश्यक देखिन्छ ।

क) कुर्सी र टेवलहरु कति कतिको दुरीमा हुनुपर्दछ? सरकारी एजेन्सीहरुबाट जारिगरिएको आधिकारीक निर्देनहरुमा ६ फिटको दुरी भनेको सुनिन्छ तर यो नै उत्तम हो भन्ने छैन् किनकी विभिन्न अध्ययन अनुसार हाच्छ्यू गर्दा उत्पन्न भएका कणहरुको सहायबाट भाइरसहरु ३० फिटको दुरीसम्म पनि फैलिएको पाइएकोछ । पंखा वा एयरकन्डिसले पनि भाइरसलाई ६ फिटको दुरिभन्दा परसम्म फैलाउन सक्दछ । संक्रमित व्यक्तिबाटको दुरी जति नजिक र उ संग तपाईले विताउने समय धेरै भएमा तपाईलाई जोखिम पनि धेरै नै हुन्छ ।

ख) बेटरहरुले मास्क लगाए भने त्यो सुरक्षित हुन्छ ? वेटरहरुले मास्क प्रयोग गर्दा केहीहदसम्म त यसले सुरक्षित नै गराउँदछ तर अझै पनि त्यहाँ आएका ग्राहकहरुले खाँदा वा कुराकानी गर्दा पनि भाइरस सर्ने सम्भावना रहन्छ । त्यसकारण अन्य सुरक्षाको विधिहरुपनि अपनाउनु पर्ने हुन्छ । जस्तै प्लेक्सीग्लास वा स्क्रिनहरुलो टेवलहरुलाई पार्टिशन गर्ने, ढोका लाउन मिल्ने कोठमा एउटा एउटा टेवल राख्ने साथै एक टेवलको जिम्ममा एकजना वेटरलाई मात्र दिने रेस्टुरेन्टहरुले ग्राहकहरु प्रवेश गर्नुभन्दा पहिले पनि स्क्रिनिङ गर्नुपर्नेहन्छ । त्यसकालागि उनिहरुको तापक्रम मापनदेखि लिएर कोभिड १९ संग सम्बन्धित विभिन्न अन्य प्रश्नहरु सोध्नु गर्दछ । स्मरणीय कुरा के छ भने संक्रामक भाइरस शरीरमा प्रवेश गरेको कम्तीमा ६ दिनसम्म लक्षणहरु देखा नपर्नसक्छन् । त्यसैले मास्क, आँखा सुरक्षा, सामाजिक दूरी र हातको स्वच्छता नै संक्रमण रोकथाम को लागी महत्वपूर्ण उपाय हो।

ग) के डिस्पोजेबल भाँडाको प्रयो गर्न र आफै सफा गर्न आवश्यक छ? नियमित रुपमा प्लेट, गिलास र वर्तनहरु , टेवलकुश सफा गर्नाले भाइरसलाई निस्क्रीय पर्ने हुँनालो डिस्पोजेवल प्लेटको आवश्यकता पर्दैन् । टेवलाई पनि वेलावेलामा सफा गर्नु पर्दछ र डिस्इन्फेक्सन गरेको चिन्ह पनि लगाउनु पर्दछ । मेनूहरुले अलि बढी जोखिम पार्न सक्छन् । त्यसकारण डिस्इन्फेक्सन गर्न मिल्ने वा डिस्पोजेवल मेनुको प्रयोग गर्दा राम्रो हुन्छ । ध्यान दिनुहोस संक्रमण भएको व्यक्तिले छोएको मेनु तपाईले छुनुभयो भने तपाईले आफ्नो मुख वा आँखा नछुदासम्म तपाईलाई सर्दैन त्यसकारण संका लागेमा हातमा सेनिटाइजर प्रयोग गर्नुहोस् वा सावुन पानिले राम्रोसंग हात धुनुहोस् ।

घ) के, भान्साबाट आएको खानाबाट भाइरस सर्न सक्छ? खानाबाट कोरोनाभाइरस संक्रमित हुने जोखिम धेरै कम छ। यो एक श्वासप्रश्वासको भाइरस हो । ससको संक्रमणको माध्यम भनेको संक्रमित थोपाहरु वा एरोशलहरु मुख, नाक वा आखाँबाट मानिसको शरीरको श्वास नलीको तल्लो वा माथिल्लो भागमा पुग्नु पर्दछ । यो पेट वा आन्द्राको बाटो भएर त्यहाँ पुग्न सक्दैन् । वाह्य वातारणमा भाइरसहरु त्यति लामो सम्म सक्दैनन् । अध्ययन अनुसार तामामा एकघण्टा भन्दा कम, कार्डवोर्डमा साढे तीन घण्टा र प्लास्टिकमा सात घण्टा भन्दा कम समयमा भाइरसले आफ्नो आधा शतिm गुमाएको पाइएको छ । खाना पकाउँदा भाइरस सर्ने सभ्भावन निकै कम हुन्छ किनभने पकाउँदाको तातोपनाले भाइरसलाई निश्क्रिय पारिदिन्छ । त्यसैले मास्कको प्रयोग र खाना तयारकर्ताहरूद्वारा हातको सफाईमा ध्यान दिएमा संक्रमनको जोखिम निकै न्यून हुन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्