रद्द गरियो कक्षा १०को परीक्षा – Kanika Khabar
Saturday, May 30Nepali News Portal

रद्द गरियो कक्षा १०को परीक्षा

    मा प्रकाशित

खगेश्वर पौडेल
जेठ २८, दाङ

भारतको तामिलनाडु राज्य सरकारले त्यहाँको कक्षा १० को सार्वजनिक परीक्षालाई रद्द गरेको छ ।

कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि लकडाउन गरिए पश्चात रोकिएको कक्षा १० को सार्वजनिक परीक्षा र कक्षा ११ का केही परिक्षाहरु रद्द गरेको र कक्षा १० का सवै विद्यार्थीहरु उत्तीण भएको घोषणा त्यहाँका विद्यालय शिक्षा सचिव धीरज कुमारले जारी गरेको वक्तव्यमा जनाइएको छ ।

कक्षा ११ मा परीक्षा लिइएका अन्य विषयहरुको उत्तरपुस्तिका परिक्षणको कार्य भने जारीरहेको जनाइएको छ । कक्षा ११ का विद्यार्थीहरूले उनीहरूले लेखेका चार विषयकामात्र अंकहरु प्राप्त गर्नेछन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्