
दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङको आयोजनामा जिल्ला स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । शनिबार दाङको घोराहीमा आधारभूत तहका विद्यार्थीबिच कविता प्रतियोगिता मेचीकाली सेकेन्डरी स्कुलमा सम्पन्न भएको हो ।
प्रतियोगितामा माउन्ट भ्यु इङलिस बोर्डिङ स्कुलका शौम्य आचार्य प्रथम, गोरखा मोडल स्कुल लमहीका क्रिस्टल पौडेल द्वितीय, ज्ञानमाला एकेडेमी घोराहीकी उन्नति केसी तृतीय र गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराहीका तुफान वली सान्त्वना भएका थिए । कार्यक्रमका विजेतालाई क्रमशः रू २५००/- , रू २०००/-, रू १५०० र रू १०००/- नगदका साथै प्रमाणपत्र, ट्रफी र मेडल प्रदान गरिएको थियो ।
कार्यक्रममा मेट्रो कलेज तुलसीपुरका क्याम्पस प्रमुख बसन्त आचार्यले कविता लेखनसम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा डा. सुदीप गौतम, पद्मप्रसाद शर्मा र किशोर चन्द्र गौतम निर्णायक रहेका थिए ।
प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको अध्यक्षता तथा निवर्तमान केन्द्रीय सचिव यादव गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
वरिष्ठ उपाध्यक्ष बिरेन्द्रको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रम सहसचिव कृष्णप्रसाद पोख्रेलले सहजीकरण गरेका थिए ।
मा प्रकाशित


