कोरोना नियन्त्रणमा भइरहेका लापरवाही लगायत विषयमा नेपाली काँग्रेसद्वारा सरकारको ध्यानाकर्षण – Kanika Khabar
Friday, April 19Nepali News Portal

कोरोना नियन्त्रणमा भइरहेका लापरवाही लगायत विषयमा नेपाली काँग्रेसद्वारा सरकारको ध्यानाकर्षण

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २८, काठमाडौं ।

नोबेल कोरोना भाइरस नियन्त्रणमा भइरहेका त्रुटिलगायत विषयमा नेपाली काँग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको टोलीले प्रधानमन्बत्री केपी शर्मा ओलीलाई आज बिहान भेटेर ध्यानाकर्षण गराएको हो ।
काँग्रेस नेताले प्रधानमन्त्री ओलीलाई भेटेर कोरोनाको महामारी नियन्त्रणमा तदारुकता देखाउन, अल्पकालीन र दीर्घकालीन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन सरकारले तत्काल कदम चलानुपर्नेमा जोड दिएको टोलीको नेतृत्व गर्नुभएका नेता पौडेलले सीआइएनसँग बताउनुभयो ।
केहिदिन अघि बसेको काँग्रेस केन्द्रय कार्य समितिको बैठकले कोरोना नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकाल्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्