कनिका डेस्क
जेठ २९, दाङ ।
विश्व कोभिड १९ को महामारीमा परिरहेको बेला अमेरिकामा विस्तारै चुनावी सरगर्मी बढ्न थालेको छ । अमेरिकामा यसै वर्षको नोभेम्बर महिनामा राष्ट्रपति पदको चुनाव हुँदैछ ।
राष्ट्रपति पदको चुनावका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी ¥याली सुरु गर्ने भएका छन् । चुनावी गतिविधिलाई आधार बनाएर ट्रम्पले कम्तिमा चार राज्यमा चुनावी ¥याली गर्ने बताएका छन् ।
चुनावी गतिविधिहरु अगाडि बढिरहेको अवस्थामा कोरोना संक्रमण सुरु भएपछि तीन महिना अगाडि चुनावी ¥याली स्थगित गरिएको थियो ।
ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले ओकाहामा, फ्लोरिडा, एरिजोना र उत्तरी क्यारोलिनाबाट चुनावी ¥याली सुरु गर्ने जानकारी दिए ।
अमेरिका कोरोना भाइरस संक्रमणबाट विश्वकै सबैभन्दा बढी प्रभावित देश हो । (समाचार एजेन्सीको सहयोगमा)
मा प्रकाशित