छेकेन अमेरिकाको चुनावलाई कोभिड १९ले – Kanika Khabar
Saturday, June 6Nepali News Portal

छेकेन अमेरिकाको चुनावलाई कोभिड १९ले

    मा प्रकाशित

कनिका डेस्क
जेठ २९, दाङ
विश्व कोभिड १९ को महामारीमा परिरहेको बेला अमेरिकामा विस्तारै चुनावी सरगर्मी बढ्न थालेको छ । अमेरिकामा यसै वर्षको नोभेम्बर महिनामा राष्ट्रपति पदको चुनाव हुँदैछ ।
राष्ट्रपति पदको चुनावका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी ¥याली सुरु गर्ने भएका छन् । चुनावी गतिविधिलाई आधार बनाएर ट्रम्पले कम्तिमा चार राज्यमा चुनावी ¥याली गर्ने बताएका छन् ।
चुनावी गतिविधिहरु अगाडि बढिरहेको अवस्थामा कोरोना संक्रमण सुरु भएपछि तीन महिना अगाडि चुनावी ¥याली स्थगित गरिएको थियो ।
ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले ओकाहामा, फ्लोरिडा, एरिजोना र उत्तरी क्यारोलिनाबाट चुनावी ¥याली सुरु गर्ने जानकारी दिए ।
अमेरिका कोरोना भाइरस संक्रमणबाट विश्वकै सबैभन्दा बढी प्रभावित देश हो । (समाचार एजेन्सीको सहयोगमा)

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्