लकडाउनको स्वरुप बदलियो, आजदेखि लुजडाउन – Kanika Khabar
Monday, November 17Nepali News Portal

लकडाउनको स्वरुप बदलियो, आजदेखि लुजडाउन

    मा प्रकाशित

कनिका डेस्क
जेठ २९, दाङ
नोबेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले ८१ दिनदेखि आह्वान गरेको बन्दाबन्दी अर्थात लकडाउनको आदेश आजदेखि खुकुलो बनाएको छ । आजदेखि नै सुरक्षा अपनाएर व्यापार व्यवसाय सञ्चालन गर्न सकिने भएको छ ।

निजी सवारी साधन पनि चल्ने भएका छन् । असार १ गतेदेखि सरकारी कार्यालय पूर्ण रूपमा सञ्चालनमा ल्याउन सरकारको निर्णय छ । हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आउँदो असार १ गतेदेखि सरकारी कार्यालय खोल्ने र आजदेखि नै लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन सुरु गर्नुका साथै अत्यावश्यक सेवा प्रदान गर्ने बाहेकका सबै सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्