जापानमा साइकलको घण्टी बजाए रु.५६०००सम्म जरिवाना – Kanika Khabar
Thursday, April 18Nepali News Portal

जापानमा साइकलको घण्टी बजाए रु.५६०००सम्म जरिवाना

    मा प्रकाशित

कनिका डेस्क
जेठ २९, दाङ ।

साइकलको घण्टी बजाउँदा रु.५६०००सम्म जरिवाना । जापान सरकारले अनावश्यक रुपमा साइकलको घण्टी बजाउँदा रु ५६०००सम्म जरिवाना लाग्ने नयाँ ट्राफिक नियमको घोषणा गरेको छ ।

कोरोना भाइसको प्रकोपको बिचमा भीडभाडबाट बच्नका लागि विश्वभर साइकलको प्रयोग बढदै भएको छ । जापानमा पनि सामानहरुको होम डेलिभरीको लागि धरै कम्पनीहरुले साइकलको प्रयोग गर्दै आएका छन् । साइकलको प्रयोगलाई ध्यानमा राख्दै जापानमा नयाँ ट्राफिक नियम बनाएको हो । नयाँ नियमका अनुसार पटक पटक घंटी बजाउनुलाई नियमको उल्लंघन मानिने छ र त्यसका लागि जरिवानाको ब्यवस्था गरिएको छ ।

१४ वर्षभन्दा माथिका उमेरका साइकल चालकहरुको सेफ्टी कोर्ष अनिवार्य लिनुपर्ने बनाइएको छ अन्यथा रु.५६०००सम्म जरिवाना तिर्नुपर्ने हुनसक्छ । बढ्दो दुर्घटनाले सरकारलाई चुनौती थपेको छ ।

३० जुनबाट पुरै देशमा यो नयाँ नियम लागुहुनेछ । गत वर्ष जापानमा २६६८७ वटा साइकल दुर्घटना रेकर्ड भएको जनाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्