काेइलाबासमा बस दुर्घटना हुदा २५ जना घाइते, एकजनाकाे अवस्था गम्भीर – Kanika Khabar
Thursday, May 2Nepali News Portal

काेइलाबासमा बस दुर्घटना हुदा २५ जना घाइते, एकजनाकाे अवस्था गम्भीर

    मा प्रकाशित

शिवु खनाल
काेइलाबास नाका, २१ कार्तिक ।
लमही काेइलाबास हुलाकी सडकमा बस दुर्घटना हुदा २५ जना भन्दा बढि घाइते भएका छन् । घाेराही उपमहानगरपालिका वडा नम्बर ९ कर्मट्वाबाट पिकनिक खान भनी हिडेका गढवा गाउँपालिका वडा नम्बर ८ काेइलाबास चारखम्बा नजिकै ना ४ ख ४३५९ नम्बरको बस अनियन्त्रित भइ दुर्घटना हुदा बसमा सवार २५ जना भन्दा बढि यात्रु घाइते भएको र एकजनाकाे अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

भैलाे खेलेर संकलित रकमबाट घाेराही उपमहानगरपालिका वडा नम्बर ९ कर्मट्वाबाट ४३ जनाकाे समुह काेइलाबास पिकनिक खान भनी हिडेकाे थियोे । घाइतेहरूकाे नाम ठेगान भने अझै खुल्न नसकेको प्रहरीको भनाइ छ ।

। घाइतेहरूकाे उद्दारमा इलाका प्रहरी कार्यालय गढवा, सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (वि.ओ.पी) कोइलाबास, सीमा प्रहरी चौकी कोइलाबास, गढवा गाउपाफिका वडा नम्बर ५,६,८ का वडाध्यक्षहरू खटिनु भएको छ । घाइतेहरूलाई उपचारको लागि लमही अस्पतालमा रिफर गरिए छ । बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्