देशका विभिन्न शहरमा सरकारको विरोधमा प्रदर्शन – Kanika Khabar
Sunday, September 8Nepali News Portal

देशका विभिन्न शहरमा सरकारको विरोधमा प्रदर्शन

    मा प्रकाशित

कनिका डेस्क
जेठ २९, दाङ ।
सरकारको विरोधमा काठमाडौंको बालुवाटार र नक्साल क्षेत्रमा आज पनि प्रदर्शन भएको छ । प्रदर्शनमा उत्रिएका युवामाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ ।

नक्साल भाटभटेनीमा जम्मा भएका प्रदर्शनकारीलाई प्रहरीले तितरवितर बनाउन अश्रुग्यास प्रहार गरेको हो । बालुवाटारमा हिजो भएको प्रदर्शनमा पनि प्रहरीले पानीको फोहोरा हानेको थियो । कोरोना महामारी नियन्त्रणका लागि सरकारको काम प्रभावकारी नभएको भन्दै पूर्वको विराटनगरमा पनि प्रदर्शन भएको छ ।

प्रदर्शनमा विराटनगरका युवाले सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा खर्च भएको १० अर्ब रुपैयाँको हिसाब पनि मागेका छन् । कास्कीको पोखरामा पनि प्रधानमन्त्री विरुद्ध नाराबाजी भएको छ । नाराबाजी गर्नेले नेपालको राष्ट्रिय झण्डा पनि बोकेका थिए । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी केही युवालाई पक्राउ गरेको छ ।

बारामा पनि एक घर, कम्तिमा एक द्रुत र पीसीआर परिक्षण हुनुपर्ने माग राखेर प्रदर्शन भएको छ । फेटा गाँउपालिका एकका युवाले भलुही चौकमा आज बिहान प्रदर्शन गरेका त्यहाँस्थित सामुदायिक रेडियोले खवर पठाएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्