कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या भारतमा आठ हजार नाघ्यो – Kanika Khabar
Sunday, April 20Nepali News Portal

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या भारतमा आठ हजार नाघ्यो

    मा प्रकाशित

कनिका डेस्क
जेठ २९, दाङ

भारतमा कोरोना भाइरस कोभिड–१९ बाट मृत्यु हुनेको संख्या आठ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिले सम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ हजार १०२ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ३ सय ५७ जनाको मृत्यु भएको छ ।

त्यस्तै अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि भारतमा दुई लाख ८५ हजार ५७९ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका सङ्क्रमित नौ हजार ९ सय ९६ पुगेको छ । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिले सम्म कोरोना भाइरसका ९४ हजार ४१ सङ्क्रमित फेला परेका छन् भने तीन हजार ४३८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका एक लाख ४१ हजार २९ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्