नेपालमा ओमिक्रोन भित्रिन नदिन सीमावर्ती क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउन सुरक्षा प्रमुखलाई कडा निर्देशन – Kanika Khabar
Thursday, May 2Nepali News Portal

नेपालमा ओमिक्रोन भित्रिन नदिन सीमावर्ती क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउन सुरक्षा प्रमुखलाई कडा निर्देशन

    मा प्रकाशित

शिवु खनाल
दाङ, १६ मंसिर ।
भारतमा छ दिन अघि दक्षिण अफ्रिकाबाट आएका एकजना युवकलाई पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि भारतसंग जोडिएका दाङका ३४ वटा सीमावर्ती क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा प्रमुखलाई उच्च सुरक्षा सतर्कता अपनाउन कडा निर्देशन दिएको छ । भारतमा कोरोना भाइरस (कोभिड १९) को नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि दाङका सीमावर्ती क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउन सुरक्षा प्रमुखलाई कडा निर्देशन दिइएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो । बिहिवार गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबास नाकामै पुगेर प्रमुख जिल्ला अधिकारी रेग्मीले स्थलगत अनुगमन गर्दै सीमाक्षेत्रका सुरक्षा प्रमुखलाई सुरक्षाको व्यवस्था मिलाउन निर्देशन दिइएको बताउनुभयो ।
कोरोना भाइरस (कोभिड १९) को नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि भाइरसलाई लक्षित गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नेपाल भारत सीमावर्ती क्षेत्रमा विशेष निगरानी सहितको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । नयाँ रुप (भेरियन्ट) ओमिक्रोनलाई लक्षित गरि सीमाक्षेत्रमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तैनाथी बढाउँदै सीमा सुरक्षालाई थप चुस्त बनाएको हो । जिल्लाका अन्य सुरक्षा निकायसहित स्थानीय तहसँग समन्वय गरेर सीमा सुरक्षालाई प्रभावकारी बनाउँदै नयाँ रुप (भेरियन्ट) ओमिक्रोन नेपाल भित्रिन नदिन सीमावर्ती क्षेत्रमा स्वास्थ्य परीक्षण कडाइका साथ चेकजाँचमा अनिवार्य गरिएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो । नयाँ रुप (भेरियन्ट) ओमिक्रोन नेपाल भित्रिन नदिन दाङका ३४ वटै सीमाक्षेत्रमा अहिले सामान्य अवस्थामा भन्दा तेब्बरको संख्यामा नेपला प्रहरी र सशस्त्र प्रहरीको जनशक्ति खटाइएको छ, प्रमुख जिल्ला अधिकारी रेग्मीले भन्नुभयो ।
‘सीमावर्ती क्षेत्रमा अहिले हरेक १७ किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको टोली खटिएको छ, प्रमुख जिल्ला अधिकारी रेग्मीले भन्नुभयो,—। ‘नेपाल भारत आवतजावत गर्ने जोकोहीलाई पूर्णरुपमा स्वास्थ्य चेकजाँचमा अनिवार्य गरिएको छ ।’ यस्तै सशस्त्र प्रहरी बल २९ नं. हेक्वा ज्वालामाइ गण भालुवाङ्का प्रमुख टोप खनालले सीमा रहेका ५ वटा नेपाल बोर्डर आउट पोष्ट (बीओपी) र ८३ किलोमिटर सीमा क्षेत्रमा रहेको ८ वटा फरवार्ड बेस, ३ वटा बोर्डर मोनिटरिङ् पोष्टका सुरक्षा प्रमुखलाई सुरक्षा व्यवस्था कडाइ गर्न निर्देशन दिएको बताउनुभयो । सशस्त्र प्रहरी बल २९ नं. हेक्वा ज्वालामाइ गण भालुवाङ्का प्रमुख टोप खनालका अनुसार भारतमा कोरोना भाइरस (कोभिड १९) को नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि भाइरसलाई लक्षित गरी ८३ किलोमिटर सीमा क्षेत्रमा स्थायी ड्यूटी, सवारी, मोबाइल, पैदल र साइकल गस्तीलाई पनि व्यापक रुपमा बढाइएको बढाइएको बताउनुभयो ।
स्वास्थ्य कार्यालय दाङ र गढवा गाउँपालिकाको संयुक्तमा भारतसंग जोडिएको दाङको कोइलाबास नाकामा हेल्थडेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण सुरु गरिएको छ । दिनमा दुइसय भन्द बढिको स्वास्थ्य चेकजाँच गर्दै गरेको गढवा गाउँपालिका अन्र्तगत अ.हे.ब गिता बेल्वासेले जानकारी दिनुभयो । कोरोना भाइरस (कोभिड १९) को नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि जिल्ला प्रहरी कार्यालय दाङले भारतीय सीमा क्षेत्रसँग जोडिएको जिल्लाको मुसि, कोइलाबास, सिरिया, खांग्रा, डगमारा र भैँसाही सीमा नाकाका सुरक्षाकर्मीलाई विशेष निगरानी राख्न प्रहरीलाई निर्देशन दिएको दाङका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले बताउनुभयो ।
बिहिवार दाङका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सशस्त्र प्रहरी बल २९ नं. हेक्वा ज्वालामाइ गण भालुवाङ्का प्रमुख टोप खनाल, राष्ट्रि अनुसन्धान दाङका प्रमुख अर्जुन भण्डारी, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेशप्रसाद काफ्ले, नेपाली सेना दाङका सहायक बाहिनीपती दिनेश रजौरे, गढवा गाउँपालिका उपाध्यक्ष शान्ती चौधरी, प्रमुख प्रशासकीय अधिकृत लालबहादुर डाँगी, वडाध्यक्ष सद्दाम सिद्दिकी, पत्रकार, लगायतले कोइलाबास नाकामा पुगेर स्थलगत अनुगमन तथा अवलोकन गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्