आजदेखि मतदाता नामावली सङ्कलन – Kanika Khabar
Thursday, May 2Nepali News Portal

आजदेखि मतदाता नामावली सङ्कलन

    मा प्रकाशित

मंसिर १७, दाङ ।
निवार्चन आयोगले आजदेखि मतदाता नामावली सङ्कलन गर्दैछ । आयोगले आजदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने बताएको छ ।अब ७७ वटा जिल्ला निर्वाचन कार्यालय, ७७ वटा जिल्ला प्रशासन कार्यालय र सबै इलाका प्रशासन कार्यालयबाट जुनसुकै समयमा पनि मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको आयोगका सह प्रवक्ता कोमलप्रसाद धमलाले बताउनुभयो ।

निर्वाचन आयोगले ६ सय ३७ वटा स्थानीय तहको केन्द्रबाट पनि मतदाता नामावली सङ्कलन सुरु गर्ने भएको छ । मतदाता नामावली सङ्कलन कार्य हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिन र तराई, भित्रि मधेश तथा काठमाडौँ उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुनेछ ।

१८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकको नाम मतदाता नामावलीमा समावेश गरिनेछ ।मतदाता नामावलीमा नाम समावेश गर्न छुट भएका आम नागरिक तथा विभिन्न सरोकारवालाहरूलाई स्थानीय स्तरमै पुगी मतदाता नामावली दर्ता गराउन निर्वाचन आयोगले सबै समक्ष अनुरोध गरेको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्