ए डिभिजन लिगमा आज सातदोबाटो र एनआरटी तथा हिमालयन र मछिन्द्र क्लब खेल्दै – Kanika Khabar
Friday, May 17Nepali News Portal

ए डिभिजन लिगमा आज सातदोबाटो र एनआरटी तथा हिमालयन र मछिन्द्र क्लब खेल्दै

    मा प्रकाशित

सहिद स्मारक लिग ए डिभिजन लिग फुटबलमा आज सातदोबाटो र एनआरटी तथा हिमालयन र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो खेलमा सातदोबाटो युथ क्लब र न्युरोड टिम एनआरटी खेल्नेछन् ।

 

यो खmे दिउँसो १ बजे सुरु हुनेछ ।सातदोबाटो ३ खेलमा ७ अङ्क जोडेर तेस्रो स्थानमा छ । २ अङ्क जोडेको एनआरटी तालिकाको ११ औं स्थानमा छ । यस्तै दोस्रो खेलमा दिउँसो पौने ५ बजे हिमालयन शेर्पा क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

 

हिमालयन ३ खेलमा २ अंक जोडेर १० औं स्थानमा छ । ३ खेलमा अपराजित रहँदै ७ अंक जोडेको मछिन्द्र चौंथो स्थानमा रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्