एसीसी प्रिमियर कपः आज नेपाल र साउदी अरेबियाबिच खेल हुँदै – Kanika Khabar
Monday, April 21Nepali News Portal

एसीसी प्रिमियर कपः आज नेपाल र साउदी अरेबियाबिच खेल हुँदै

    मा प्रकाशित

काठमाडाैँ, ५ वैशाख ।

आज बिहीबार नेपाल एसीसी प्रिमियर कपअन्तर्गत  साउदी अरेबियाबीच खेलने भएकाे छ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल बिहान

११ : ४५ बजेदेखि सुरु हुनेछ।

नेपालले यसअघि नै लगातार तीन खेलमा जित हासिल गर्दै समूह (मा) ६ अंकसहित समूह बिजेता बनेर सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। नेपालका लागि यस खेलको नतिजाले अब कुनै असर नगर्ने भएको छ।

त्यस्तै साउदी अरेबियाले भने यसअघि खेलेका ३ खेलमा एक जितसहित २ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको छ। र, साउदी अरेबियालाई यस खेलको जितले सेमिफाइनलमा लैजाने सम्भावना बढी देखिएको छ। साउदी अरेबियाको रनरेट राम्रो रहेकाले यस खेलको जितले सेमिफाइनलमा पुर्‍याउन सक्छ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्