गधाको संख्यामा भयो वृद्धि – Kanika Khabar
Tuesday, March 18Nepali News Portal

गधाको संख्यामा भयो वृद्धि

    मा प्रकाशित

कनिका डेस्क
जेठ ३० दाङ

पाकिस्तानको सरकारले हालै आर्थिक सर्वेक्षणमा २०१९–२०२० सार्वजनिक गरेकोछ । उक्त सर्वेक्षण अनुसार त्यहाँको अर्थतन्त्रका अन्य विभिन्न सेक्टरहरुमा गिरावट देखिएता पनि लाइभस्टक सेक्टरमा भने पहिले भन्दा धेरै बृद्धि भएको पाइएको छ ।

पाकिस्तानमा गधाको संख्यामा गतवर्ष भन्दा १ लाखले बृद्धि भएको छ । गत वर्ष गधाको संख्या ५४ लाख भएको जनाईको छ । यसगरी यस वर्ष भैंसीको संख्या १२ खालले बृद्धि भएर कूल ४ करोड भएको र वाख्राको संख्यामा पनि उल्लेख्य बृद्धि भएर ७ करोडभन्दा बढि भएको उक्त सर्वेक्षणल देखाएको छ ।

ऊटको संख्य भने बृद्धि भएको छैन् । पाकिस्तानबाट धेरै जसो गधाहरुको निर्यात चीनमा हुने गरेको छ । चीनमा गधाहरुको छाला सुन्दरता संग सम्बन्धित सामग्रीहरुको उत्पाद गर्नमा प्रयोग गर्ने गरिन्छ । गत वर्ष गल्फ न्यूज मा प्रकाशित एक रिपोर्टका अनुसार गधाको संख्या बृद्धि गराउनका लागि चीनले पाकिस्तानमा तीन करोड डलरको लगानी गरेको थियो ।

गधाको निर्यातसंग सम्बन्धित विषयमा दुवै देशको विचमा एउटा संझौता पनि भएको छ जस अनुसार पाकिस्तानले प्रत्येक वर्ष ८० हजार गधाहरु चीनलाई दिनुपर्नेछ । संझौता तीन वर्षको लागि गरिएको हो ।

(एजेन्सीको सहयोगमा)

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्