अवैध रुपमा ओसारपसार गरिएको मदिरा र औषधी नष्ट – Kanika Khabar
Friday, May 16Nepali News Portal

अवैध रुपमा ओसारपसार गरिएको मदिरा र औषधी नष्ट

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ३०, कपिलवस्तु 
कपिलवस्तुको कृष्णनगर क्षेत्रबाट लकडाउन अवधिमा अवैध रुपमा ओसारपसार गर्दै गरेको मदिरा तथा औषधिलाई शुक्रवार नष्ट गरिएको छ । सीमा क्षेत्रमा औषधीजन्य सामग्री नेपाल ल्याउने र मदिरा तथा सुर्तीजन्या पदार्थ भारत तर्फ लैजाने गरेको अवस्थामा बेवारिसे अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलले बताउनुभयो ।

यस अवधिका कृष्णनगर क्षेत्रबाट ३ लाख बराबरको मदिरा र दुई लाख ८० हजार बराबरको मदिरा तथा सुर्तिजन्य बस्तुहरु नष्ट गरीएको पौडेलले बताउनुभयो । लकडाउन उल्लघन गरी, अवैध रुपमा सामग्री ओसार पोसार गरेको सुचनाको आधारमा प्रहरी स्थालहरुमा पुग्दा सामग्री छोडेर मानिसहरु फरार हुने गरेको उहाँले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्