लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो छनौट सुरु – Kanika Khabar
Thursday, May 2Nepali News Portal

लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो छनौट सुरु

    मा प्रकाशित

लक्ष्मण बस्नेत
८ मङ्सिर , दाङ ।
लुम्बिनी प्रदेश स्तरिय तेक्वान्दो छनौट प्रतियोगिता बिहिवार देखि दाङको तुलसिपुरमा सुरु भएको छ ।
नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेशको आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश सासद माननीय संकर गिरिले गर्नु भएको हो ।
उद्घाटन समारोह लाई सम्बोधन गर्दै सासद गिरिले खेलकुद मानव जिवनको अभिन्न अंग भएको बताउनु भएको छ ।
मानव स्वास्थ्य संगै रास्ट्रको शान र गौरव उच्च राख्ने खेलकुद नै हो यसर्थ यो जिवनको अभिन्न अंग हो उहाँले भन्नू भयो । यसको उच्च आदर्श लाई खेलाडी ले आत्मसात गर्नु पर्ने उहाँको भनाई छ ।
मैले सिङ्गो खेलकुद लाई आफू नखेलेर पनि गर्व लाग्ने थलोको रुपमा बुझेको छु यसमा उच्च अनुशासन र सम्मान छ जसले जीवनको हरेक पद्धति लाई सुन्दर बनाईदिन्छ उहाँले भन्नू भयो ! साथै उहाँले आफू खेलकुद क्षेत्र संग जोडिएरै खेल बिकासको उचित वातावरण निर्माणमा आफू लागि पर्ने समेत बताउनु भयो ।
कार्यक्रम नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेश अध्यक्ष बिमल रिजालको अध्यक्षता तथा लुम्बिनी प्रदेश सासद संकर गिरिको प्रमुख आतिथ्यमा भएको थियो ! सो अबसरमा नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेश कोसाध्यक्ष तथा कार्यक्रम संयोजक मोहन सुनार ले प्रतियोगिता बारे प्रकाश पार्नु भएको थियो ।
नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेश उपाध्यक्ष जित बहादुर केसिको स्वागत रहेको कार्यक्रमको संचालन महासचिव बिनिल केसि ले गर्नु भएको थियो ! दुईदिन सम्म संचालन हुने प्रतियोगिताको महिला तथा पुरुष गेरुगी तर्फ ८/८ तौल समुह र पुम्से तर्फ कडा प्रतिस्पर्धा हुनेछ ! प्रदेश छनौट भएका खेलाडीहरुले नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको आयोजना यहि पुस १५ देखि १७ गते सम्म काठमाडौमा हुने मेयर कप रास्ट्रीय तेक्वान्दो प्रतियोगितामा भाग लिनेछन ।
प्रतियोगितामा लुबिनी प्रदेशका दाङ,बाके,बर्दिया, रुपन्देही,अर्घाखाँची,रोल्पा र प्युठानका गरि एकसय पचासी खेलाडिको सहभागिता रहेको दाङ जिल्ला तेक्वान्दो संघका सचीव बम बहादुर बिकले जानकारी दिनु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्