एसियन सिनियर सेन्ट्रल जोन प्रतियोगितामा नेपाली टोलीको लगातार दोस्रो जित – Kanika Khabar
Thursday, May 2Nepali News Portal

एसियन सिनियर सेन्ट्रल जोन प्रतियोगितामा नेपाली टोलीको लगातार दोस्रो जित

    मा प्रकाशित

एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपालको महिला टोलीले लगातार दोस्रो जित निकालेको छ ।

बंगलादेशको ढाकामा आज माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।साविक विजेता समेत रहेको नेपालले माल्दिभ्समाथि २५–११, २५–९ र २५–५ सेटमा जित निकालेको हो ।

लगातार दुई खेलमा जित निकालेसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ ।
नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–२ को सेटमा हराएको थियो ।महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ । शीर्ष दुई टोलीले उपाधिका लागि भिड्ने छन् । अब नेपालले तेस्रो खेलमा शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्