‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरू हुँदै – Kanika Khabar
Thursday, May 2Nepali News Portal

‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरू हुँदै

    मा प्रकाशित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरू हुँदैछन् ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन र च्यासलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।हिमालयन ५ खेलमा ५ अङ्क जोडेर नवौं स्थानमा रहेको छ । आजको खेलमा च्यासललाई हराएर हिमालयन अङ्क तालिका सुधार गर्ने योजनामा हुनेछ ।

 

च्यासल भने ५ खेलमा ४ अङ्क जोडेर १३ औं स्थानमा रहेको छ । हिमालयनलाई हराएर च्यासल रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ ।आजै हुने दोस्रो खेलमा तालिकाको शीर्ष दुई टोली मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।मनाङ र मछिन्द्रबीचको खेल ४ः४५ मा सुरु हुनेछ ।कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ मछिन्द्रलाई हराएर शीर्ष स्थान कायम राख्न चाहन्छ । मनाङ ५ खेलमा १३ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ ।साविक विजेता मछिन्द्र पनि मनाङलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।मछिन्द्र ५ खेलमा ११ अङ्क जोडेर दोस्रो स्थानमा छ ।लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । पुछारका दुई टोली रेलिगेसनमा पर्नेछ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्