एसियन सिनियर सेन्ट्रल जोन प्रतियोगितामा आज नेपाल र बङ्गलादेश खेल्दै – Kanika Khabar
Thursday, May 2Nepali News Portal

एसियन सिनियर सेन्ट्रल जोन प्रतियोगितामा आज नेपाल र बङ्गलादेश खेल्दै

    मा प्रकाशित

एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत आज नेपालले आयोजक बङ्गलादेशसँग खेल्दैछ । नेपाल र बङ्गलादेशबीचको खेल बिहान ९ः१५ मा सुरु हुनेछ ।

साविक विजेता समेत रहेको महिला टोली आज लगातार तेस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपालले श्रीलङकालाई ३–२ सेटमा हराएको थियो । यस्तै दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सेटमा हराएको थियो ।यस्तै पुरुष टोलीले आज श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र श्रीलङ्काबीचको खेल दिउसो ५ः४५ बजे सुरु हुनेछ ।नेपाल दोस्रो जितको खोजीमा हुनेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।यस्तै तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्