‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदै – Kanika Khabar
Friday, May 17Nepali News Portal

‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदै

    मा प्रकाशित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदैछ ।लिगको सातौं चरण अन्तर्गत आज विभिन्न तीन खेलहरू हुँदैछन् । जसमा दुई खेल दशरथ रङ्गशाला र एक खेल पोखरा रङ्थशालामा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा थ्री स्टार क्लब र जवालाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र जवालाखेलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

 

थ्री स्टार ६ खेलमा ७ अङ्क जोडेर लिगको आठौं स्थानमा रहेको छ । जावलाखेल ६ खेलमा ७ अङ्क जोडेर नवौं स्थानमा रहेको छ । यस्तै पोखरा रङ्गशालामा मनाङ मर्स्याङ्दी क्लब र ब्रिगेड ब्वाइजबीच खेल हुनेछ । मनाङ र ब्रिगेडबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।मनाङ ६ खेलमा १३ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । एएफसी कप छनोट खेल्नका लागि मनाङलाई ब्रिगेडविरुद्ध जित्नैपर्ने दबाब छ ।

 

ब्रिगेड ६ खेलमा ५ अङ्क जोडेर लिगको १२ औं स्थानमा रहेको छ । दशरथ रङ्गशालामा हुने अर्को खेलमा सङ्कटा क्लब र च्यासल युथबीच प्रतिस्पर्धा हुनेछ । सङ्कटा र च्यासलबीचको खेल ४ः४५ बजे सुरु हुनेछ । सङ्कटा क्लब ६ खेलमा १२ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । च्यासल ४ अङ्क जोडेर १३ औं स्थानमा रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्