कोरोना रोकथामको खर्च सार्वजनिक, अलमलमा पार्ने सरकारको हिसाब – Kanika Khabar
Thursday, March 28Nepali News Portal

कोरोना रोकथामको खर्च सार्वजनिक, अलमलमा पार्ने सरकारको हिसाब

    मा प्रकाशित

कनिका डेस्क
जेठ ३१, दाङ ।
कोरोना महामारीको नियन्त्रणमा सरकारकारले प्रभावकारी कदम नचालेको भन्दै देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका बेला सरकारले खर्च सार्वजनिक गरेको छ । आज शनिबार सरकारले खर्च विवरण सार्वजनिक गरेको हो । सो विवरण अनुसार हालसम्म संघ, प्रदेश र स्थानीय तहबाट कुल ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैंया खर्च भएको छ ।

संघीय सरकारको तर्फबाट हालसम्म ४ अर्ब १० करोड ५५ लाख ६ हजार रुपैंया खर्च भएको जनाइएको छ । सो खर्चमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ अर्ब ५८ करोड ५२ लाख ८३ हजार, रक्षा मन्त्रालयले २ अर्ब ४० करोड २४ लाख ५७ हजार, गृह मन्त्रालयले २ करोड ४५ लाख ८८ हजार, शहरी विकास मन्त्रालयले १ करोड ४२ लाख तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २ करोड ६९ लाख ७८ हजार रुपैंया खर्च गरेको जनाएको छ ।

त्यस्तै, प्रदेश सरकारहरुले १ अर्ब ३० करोड ४० लाख ९९ हजार तथा स्थानीय तहले २ अर्ब ९८ करोड ५१ लाख ४९ हजार रुपैंया खर्च गरेको विवरणमा उल्लेख गरिएको छ ।

हालसम्म खर्च भएको उक्त रकममध्ये संघीय कोषबाट ५ अर्ब ६२ करोड ९२ लाख ४० हजार रुपैंया निकासा गरिएको जनाइएको छ ।

जसमध्ये औषधी र स्वस्थ्य सामाग्रीमा ३ अर्ब ९० करोड ८८ लाख, स्वास्थ्य पूर्पाधारमा १ अर्ब १२ करोड ५० लाख, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार, क्वारिेीटनमा १३ करोड ५५ लाख ९८ हजार तथा अन्य खर्चमा ४० करोड १५ लाख ९ हजार रुपैंया खर्च गरेको जनाइएको छ ।
सरकराले सार्वजनिक गरेको हिसाब त्यति स्पष्ट नभएकाले झनै अलमलमा पारेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्